
दलितभित्रको वादी समुदाय र यसको विद्यमान अवस्था
कर्णबहादुर नेपाली, “सामाजिक रूपमा बञ्चितीकरणमा परेको यस समुदायको सामाजिक हैसियत, मर्यादा, आत्मसम्मान भन्ने विषयलाई अहिलेको हाम्रो समाजले धेरै दूरको विषय बनाएको छ । हाम्रो व्यवस्था तथा संरचनाले नै उनीहरूलाई पेसाको रूपमा नाचगान लगायतका वाद्यवादनका साधनहरू बनाउने शिल्पी बनाइदियो तर यसले सामाजिक सम्मानको सट्टा भेदभाव तथा छुवाछुत बेहोर्नुपर्ने अवस्थाको सिर्जना भयो ।”







