Pathway to Effective Law-Making in Nepal’s Federal System

Screenshot 2026-06-29 132027
Screenshot 2026-06-30 113957

This policy brief draws on the qualitative findings, including both primary and secondary data sources, of the study ‘Barriers to Effective Law Making: A Study of Institutional, Political, and Procedural Constraints’. The study examined structural, political, and procedural hurdles across Nepal’s legislative tier  within a nationwide context, drawing particularly on insights from interviews and consultations conducted in Lumbini, Koshi, Bagmati and Madhesh provinces. This brief synthesizes those barriers to outline targeted reforms for legislative independence, evidence-based policy-making, and substantive federalism.

यो नीति संक्षेप ‘प्रभावकारी कानुन निर्माणका बाधकहरूः संस्थागत, राजनीतिक र प्रक्रियागत अवरोधहरूको अध्ययन’ नामक अनुसन्धानको गुणात्मक निष्कर्षहरूमा आधारित छ ।यसमा प्राथमिक र द्वितीयक स्रोतबाट सङ्कलित तथ्याङ्कहरूको प्रयोगगरिएको छ । यस अध्ययनले नेपालको सङ्घीय तथा प्रादेशिक तहहरूमा विद्यमान संरचनात्मक, राजनीतिक र प्रक्रियागत अवरोधहरूको विश्लेषण गरेको छ । लुम्बिनी, कोशी, बागमती र मधेश प्रदेशमा गरिएका अन्तर्वार्ता तथा परामर्शहरूबाट प्राप्त प्रमुख निष्कर्षहरूलाई यस प्रतिवेदनमा समेटिएको छ । यो नीति संक्षेपमा विधायिकी स्वायत्तता, प्रमाणमा आधारित नीति निर्माण र संघीयताको सुदृढीकरणका लागि आवश्यक सुधारात्मक मार्गचित्रहरू पहिचान गर्न ती अवरोधहरूको विश्लेषणात्मक प्रस्तुति गरिएको छ ।