
Climate change has significantly affected Nepal’s agriculture, which is a critical sector of the Nepali economy and livelihoods. As a consequence, erratic rainfall, droughts, floods, and pest outbreaks have disrupted traditional farming, threatening food security. In this regard, Climate-Smart Agriculture (CSA) emerged as an innovative approach to practices and technologies that boost productivity, build resilience, and reduce emissions through practices like agroforestry, conservation agriculture, resilient crop varieties, and efficient water management.
नेपाली अर्थतन्त्र तथा जीविकोपार्जनका लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको कृषिमा जलवायु परिवर्तनले ठुलो असर पुऱ्याएको छ । विशेषत, जलवायु परिवर्तनले अनियमित तथा भारी वर्षा, सुक्खा, बाढी र कीटजन्य रोगहरू निम्त्याई परम्परागत कृषि प्रणालीमा अवरोध पुऱ्याएको छ, जसको फलस्वरूप समाजमा खाद्य असुरक्षाको खतरा रहिरहेको छ। जलवायु परिवर्तनले पार्ने असरहरूलाई कम गर्न जलवायुमैत्री कृषि प्रणालीलाई एक नवीन दृष्टिकोणको रूपमा लिइएको छ, जसले एकीकृत उपायअन्तर्गत अन्न तथा बाली उत्पादन बढाउन, जलवायु परिवर्तनका असरहरूप्रति सहनशक्ति निर्माण गर्न र उत्सर्जन घटाउन सहयोग पुऱ्याउन मद्दत गर्दछ । यस प्रणालीअन्तर्गत कृषि, वनसंरक्षण केन्द्रित कृषि अभ्यास, उन्नतशील बालीका प्रजातिहरूको प्रयोग र प्रभावकारी जल व्यवस्थापन जस्ता अभ्यासहरू गरिँदै आएका छन् ।