Call for Blog Contributions: "Towards Climate Action"
ब्लग / लेख बारे
के तपाईंसँग जलवायु परिवर्तन र यसका कारण सबैभन्दा बढी प्रभावित व्यक्तिहरूको जीवनमा परेको प्रभाव झल्काउने कुनै कथा, अनुभव, वा अनुसन्धान छन् ?
यदि छन् भने हामी तपाईंको आवाज सुन्न चाहन्छौं!
सामाजिक परिवर्तन केन्द्र यहाँहरुलाई “Towards Climate Action” शीर्षकमा, जलवायु ब्लग श्रृंखलामा सहभागी हुन आमन्त्रण गर्दछ। यो ब्लग श्रृंखलामार्फत जलवायु परिवर्तनका बहुआयामिक पक्षहरू, यसले समुदायहरूमा पारेको असमान प्रभाव, र कार्यान्वयनयोग्य सिफारिसहरू बारे छलफल गरिनेछ ।
हामी विषयविज्ञ, अनुसन्धानकर्ता, शैक्षिक क्षेत्रका व्यक्तिहरू, विद्यार्थीहरू, जलवायु अभियन्ता, अधिवक्ता, सामाजिक कार्यकर्ता, र अन्य विविध पृष्ठभूमिका इच्छुक व्यक्तिहरूबाट सान्दर्भिक ब्लग / लेखहरूको आवा गर्दछौं । अनुसन्धान तथा अनुभवमा आधारित ब्लग / लेखहरूलाई विशेष प्राथमिकता दिइनेछ ।
सम्भावित विषयवस्तुहरु
- जलवायु परिवर्तनको जोखिममा परेका समूहहरूमा पारेको असर
- जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूका कथाहरू
- वातावरणीय द्वन्द् र जलवायुकेन्द्रित सुशासन
- जलवायुसँग सम्बन्धित हिंसालाई सम्बोधन गर्ने र दिगो र न्यायपूर्ण परिणामहरूका लागि शासन सुधार गर्ने उदाहरण / विचारहरू
- जलवायु परिवर्तनका कारण भएको विस्थापन वा बसाइँसराइका कथाहरु
- समुदायद्वारा संचालित समाधानहरू
- सरकारी नीतिहरू र जलवायु न्यायमा तिनको प्रभाव
- जलवायु संकटको सामना गर्न नवीन कार्यहरू
लेखहरु माथि उल्लेखित विषयवस्तुमा मात्र सीमित नभई जलवायु परिवर्तन सम्बन्धित अन्य पक्षहरूमा पनि खुला छ। फोटो ब्लग / कथा तथा अन्य सिर्जनशील तरिकाले पनि विषयवस्तु प्रस्तुत गर्न प्रोत्साहन गरिन्छ ।
शब्द संख्या र भाषा
- ब्लग / लेख ८०० देखि १२०० शब्द सम्म मात्र ।
- मूल र प्रकाशित नभएको सामग्री मात्र ।
- नेपाली अथवा अंग्रेजी भाषामा लेख्न सकिने ।
- लेखलाई जीवन्त बनाउन सान्दर्भिक चार्ट, ग्राफ, फोटो राख्न सकिने ।
- लेखमा कुनै तथ्याङ्कको प्रयोग भएमा श्रोत अनिवार्य खुलाउनु पर्नेछ ।
ब्लग पठाउने ठेगानाः blog@socialchange.org.np
ब्लग पठाउने समय सीमा नरहे तापनि प्रत्येक महिनाको दोस्रो हप्ताभित्र उपलब्ध भएमा आउने महिनामा
सो ब्लग / लेख प्रकाशन गरिने छ ।
ब्लगका लागि सर्त तथा नियमहरू
- यस आह्वानमा दिएका प्रक्रियाहरू पूरा गरी ब्लग पठाउनु पर्नेछ ।
- लेखहरू छान्ने तथा प्रकाशन गर्ने अधिकार यस संस्थासँग रहने छ ।
- एकरूपता र गुणस्तर कायमका लागि सामाजिक परिवर्तन केन्द्रको संचार नीतिमा आधारित रही लेख प्रकाशन गरिनेछ ।
- लेखकलाई प्रोत्साहन स्वरूप प्रकाशित ब्लगको हकमा सामाजिक परिवर्तन केन्द्रले रु ५०००/- देखि रु ८०००/- प्रदान गरिने छ (नेपाल सरकारको कर कट्टी गरिने छ ।
- लेख सामाजिक परिवर्तन केन्द्रको https://gmcnepal.org/ प्लेटफर्मबाट प्रकाशन गरे पश्चात् अन्य माध्यमबाट सेयर समेत गरिनेछ ।
सामाजिक परिवर्तन केन्द्र द्वन्द्वरूपान्तरण र शान्ति स्थापना, लोकतन्त्र र सुशासन, आप्रवासन, श्रम तथा रोजगार, नागरिक संगठन विकास, सामाजिक विकास तथा सार्वजनिक नीति अनुसन्धान, अध्ययन, पैरवी र समुदाय परिचालनमा कार्य गर्ने संस्था हो ।
थप जानकारीको लागि
blog@socialchange.org.np
https://socialchange.org.np
Call for Blog Contributions: “Towards Climate Action”
Do you have a story to share about climate change and how it is affecting lives of the most vulnerable ones? Maybe you’ve insights, creative ideas, lived experiences, or research on addressing climate injustices and advancing a sustainable and climate-just future?
We want to hear from you!
CSC invites you to contribute to our Climate Blog Series- “Towards Climate Action” -a platform dedicated to exploring the multifaceted dimensions of climate change, its disproportionate impact on communities and the urgent need for action.
We are open to receive your blog from January 1st 2025
Focus Areas
We are looking for blogs that explore topics such as:
- Real-world impacts of climate change on vulnerable groups.
Stories of resilience and adaptation in the face of climate challenges. - Environmental conflict and climate governance.
- Examples/ideas of addressing climate-related violence and improving governance for sustainable, just outcomes.
- Cases of climate induced displacements or migration patterns.
- Significance of Climate accountability and ways for people to have a voice in climate decisions.
- Grassroots initiatives and community-driven climate solutions.
- Government policies and their effects on climate equity.
- Innovative actions to combat the climate crisis.
The topic is not limited to above but open to periphery of Climate Action. We encourage photo blogs/stories or other creative ideas that highlights the above theme.
Who can contribute:
We welcome blogs from diverse contributors including:
- Climate experts and researchers
- Academicians and students
- Climate activists, advocates and community leaders
- Policy experts and individuals with lived experiences
- Individuals passionate about climate change
Word count & language:
- Word count must be limited within 800-1200 words.
- Original and unpublished content only.
- Both Nepali and English languages will be accepted.
- One visual aid (Photo, chart, table, graph etc.) to enhance the content is encouraged.
- Sources of any data or visual aid used must be cited.
Submission Guidelines:
Email your blog as a Word document at: blog@socialchange.org.np with the subject: Towards Climate Action Blog Submission. Also include your short bio (2-3 sentences) and a headshot photograph.
Submission deadline is flexible, but we consider receiving before mid of every month for next month’s publication.
Rules & conditions for blog call:
- Submissions must fulfil the process and requirements declared in the open call.
- CSC reserves the right to select and publish submissions that best meet the declared requirements.
- For the account of uniformity and quality assurance, CSC will follow its communication and quality guidelines.
- Beside acknowledgement to the writer, CSC will also provide NPR 4000.00- NPR 8000.00 as an encouragement for the published blog. (Government tax will be deducted on it).
- The blogs will be shared from original platform to every other media platform like websites, Facebook, Twitter etc.
Centre for Social Change (CSC) is a Kathmandu based social think-tank that has focuses on various aspects around conflict transformation and peacebuilding, democracy and governance, migration and human mobility, labor and employment, civic space and civil society development, social development and public policy through research, education, advocacy and community mobilization.