ब्लग / लेखको आह्वान

Call for Blogs_Nepali

नेपालको सङ्घीय शासन प्रणालीसँग सम्बन्धित विषयमा ब्लग/ लेखको आह्वान

ब्लग/लेख बारे

सामाजिक परिवर्तन केन्द्र विगत ७ वर्ष देखि निरन्तर रूपमा शान्ति स्थापना, शासन प्रणालीको सुदृढीकरण, श्रम तथा आप्रवासन र नागरिक समाजको सबलीकरणका लागि काम गर्दै आइरहेको छ । अध्ययन तथा अनुसन्धान, नीति विश्लेषण, शैक्षिक गतिविधिहरू तथा संवादमुखी कार्यक्रमहरू मार्फत यो संस्था स्थानीय तह देखि राष्ट्रिय तहसम्म निरन्तर रूपमा काम गरिरहेको छ ।

नेपालको सङ्घीय शासन प्रणालीका अन्तर वस्तुसँग सम्बन्धित विषयमा सामाजिक परिवर्तन केन्द्रले विगत १८ महिना देखि ब्लग शृङ्खलाको सुरुवात गरेको छ र हालसम्म करिब ५० वटा ब्लग प्रकाशन गरिसकेको छ । विगतका दिनहरूमा लेखक तथा पाठकहरूले दिनु भएको अपार माया तथा चासोलाई मध्यनजर गर्दै हामीले यो ब्लग लेखन शृङ्खलालाई निरन्तरता दिएका छौँ ।

यस शृङ्खलाको मुख्य उद्देश्य सङ्घीयता कार्यान्वयन तहगत सरकार बिच देखिएका चुनौती र अवसर, अन्तर विरोध, समस्या र उपलब्धिहरूबारे आम नागरिकहरू माझ प्रस्तुत गर्ने रहेको छ । विशेष गरी अनुसन्धान तथा अनुभवमा आधारित ब्लग/लेखहरूलाई प्राथमिकता साथ प्रकाशित गर्नेछौ ।

सम्भावित विषयवस्तुहरू

  • संवैधानिक प्रावधान र अन्तर सरकार बिचको द्वन्द्व
  • स्थानीय द्वन्द्व समाधानमा नागरिक संलग्नता
  • स्थानीय शासन प्रक्रियामा देखिएका द्वन्द्व समाधान गर्न नागरिक समाज, मिडिया र स्थानीय सरकारको भूमिका
  • प्राकृतिक स्रोतको उपयोगमा सिर्जना भएका द्वन्द्व
  • जातीय-धार्मिक तथा सांस्कृतिक द्वन्द्व र संवैधानिक अधिकार
  • लैङ्गिक विभेदबाट उत्पन्न द्वन्द्व
  • आदिवासी जनजातिको जीवन र प्राकृतिक स्रोतहरू बिचको अन्तरसम्बन्ध
  • प्राकृतिक स्रोतहरूमा अव्यवस्थित विकासको प्रभाव
  • दलित विरुद्धको भेदभाव उन्मूलनमा राज्यको भूमिका
  • राजनीति तथा शासन प्रणालीमा महिला संलग्नता
  • शासन प्रणालीसँग सम्बन्धित द्वन्द्व समाधानका सफल/ असफल अभ्यासहरू ।

लेखहरू माथि उल्लेखित विषयवस्तुमा मात्र सीमित नरहेको र फोटो ब्लग/कथा तथा अन्य सृजनशील तरिकाले पनि विषयवस्तु प्रस्तुत गर्न प्रोत्साहन गरिन्छ ।

शब्द सङ्ख्या र भाषा

  • ब्लग/लेख ८०० देखि १२०० शब्द सम्म मात्र  हुनुपर्ने छ ।
  • नेपाली अथवा अङ्ग्रेजी दुवै भाषामा लेख्न सकिने छ ।
  • लेखलाई जीवन्त बनाउन सान्दर्भिक चार्ट, ग्राफ, फोटो राख्न सकिने छ ।
  • लेखमा कुनै तथ्याङ्कको प्रयोग भएमा श्रोत खुलाउनु अनिवार्य हुनेछ ।

 

ब्लग पठाउने ठेगानाः governanceblog@socialchange.org.np

ब्लग पठाउने समय सीमा नरहे तापनि प्रत्येक महिनाको दोस्रो हप्ताभित्र उपलब्ध भएमा आउने महिनामा सो ब्लग/लेख प्रकाशन गरिने छ ।

 

ब्लगका लागि सर्त तथा नियमहरू

  • यस आह्वानमा दिएका प्रक्रियाहरू पूरा गरी ब्लग पठाउनु पर्नेछ ।
  • लेखहरू छान्ने तथा प्रकाशन गर्ने अधिकार यस संस्थासँग रहने छ ।
  • एकरूपता र गुणस्तर कायमका लागि सामाजिक परिवर्तन केन्द्रको संचार नीतिमा आधारित रही लेख प्रकाशन गरिनेछ ।
  • लेखकलाई कदर तथा प्रोत्साहन स्वरूप प्रकाशित ब्लगको हकमा सामाजिक परिवर्तन केन्द्रले रु ४०००/– देखि रु ८०००/– प्रदान गरिने छ । (नेपाल सरकारको कर कट्टी गरिने छ)
  • लेख सामाजिक परिवर्तन केन्द्रको मूल प्लेटफर्मबाट प्रकाशन गरे पश्चात् अन्य माध्यमबाट सेयर समेत गरिनेछ ।

 

थप जानकारीको लागि

governanceblog@socialchange.org.np

https://socialchange.org.np/